भाग्य
“भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घट्ने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा ।”
यो नै ‘भाग्य’को परिभाषा हो । सजिलोसँग भन्ने हो भने योचाहिँ मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो ।
कुनै एक जना भिखारी थियो । त्यस भिखारीले अन्य धनी र महान् व्यक्तिहरूको भन्दा फरक भाग्य लिएर जन्मेको आफ्नो परिस्थितिबारे कुनै एक जना बुद्धिमान् मानिसलाई सोधेछ,
“मेरो भाग्य किन उनीहरूको भन्दा फरक भएको होला ?”
तब ती बुद्धिमान् मानिसले “तिम्रो भाग्य उनीहरूको भन्दा फरक छैन । धनी मानिस र महान् व्यक्तिहरू पनि तिम्रो जस्तै भाग्य लिएर जन्मिएका हुन्छन्” भनेर जवाफ दिएछन् ।
उनको कुरा सुनेर त्यो भिखारीमा अलि आशा पलाउन थालेछ, अनि त्यो आफ्नो भाग्य परिवर्तन हुने आशा गर्दै जिएछ । त्यसपछि उसको मृत्यु भएछ ।
त्यो भिखारी मरेपछि ती बुद्धिमान् मानिसका चेलाहरूले तिनलाई सोधेछन्, “त्यो भिखारी त अन्त्यमा भिखारी नै भएर मऱ्यो त । तपाईंले किन उसलाई तिम्रो भाग्य धनी र महान् व्यक्तिहरूको भन्दा फरक छैन भन्नुभएको ?”
तब ती बुद्धिमान् मानिसले यसरी उत्तर दिएछन्,
“चाहे त्यो भिखारी होस् अथवा कुनै धनी मानिस, यस संसारका सबै मानिसहरूको भाग्य उस्तै हो । सबैले अन्त्यमा गएर मृत्यु भोग्छन्, होइन र ?”
यो संसारमा जन्मेको जो कोही होस्, मृत्यु भन्ने भाग्यबाट तर्केर जान सक्दैन । बाइबलमा पनि ‘मृत्यु’ नै यो संसारमा जन्मिएका सबै मानिसको निर्धारित भाग्य हो।
Comments
Post a Comment